प्रसूतिगृहमा कार्यरत डाक्टर शाहकी दुई वर्षीय छोरी अपहरण गर्ने पक्राउ

756
Shares

काठमाडौँ, २२ माघ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।

उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उनले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए ।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *