समायोजनमा स्वास्थ्य : १६० जना सहसचिवको टुंगो लाग्दै

काठमाडौँ, २० माघ । कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सरकारले सोमबार बस्ने बैठकमा सहसचिवको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १६० जना सहसचिवको लिष्ट सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदको सचिवालयमा पुगि सकेको छ ।

यसअघि आजै उपसविचहरुको टुंगो लाग्ने र पत्र आफै प्रिन्ट गर्न सक्ने बताइएको थियो । यद्धपी अहिलेसम्म उपसचिवहरुले समायोजन पत्र प्रिन्ट गर्न पाएका छैनन ।

स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले समायोजन फारम भरेका १६० जना सहसचिवको लिष्ट सामान्यमा पठाएको र सोमबार (भोलि) बस्ने बैठकको ऐजेन्डामा परिसकेको जानकारी पाएको बताए ।

स्वास्थ्यमा अहिलेपनि करीब ढेड दर्जन सहसचिवहरु जिम्मेवारी विहीन भएर बसेका छन् । उनीहरु समायोजन पत्र पर्खेर बसेका छन् ।
मन्त्रालयका उपसचिव बाबुराम लामिछानेले स्वास्थ्यमै करीब १ हजार ६ सय उपसचिवको टुंगो लागिसकेको हुनसक्ने बताए ।

‘उपसचिवको आजैबाट जिम्मेवारी सहितको पत्र उपलव्ध गराउने कुरा भएको थियो । अहिलेसम्म देखिएको त छैन । स्वास्थ्यमा उपसविचको संख्या १६०० छ,’ उनले भने ।

स्वास्थ्यमा करीब २८ हजार ६०० बढी कर्मचारीले समायोजन सम्वन्धी फारम भरेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *