राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित

312
Shares

काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभाबाट पास भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले केही बेर अघि राष्ट्रिय सभामा पेश गरेको विधेयक बहुमतको आधारमा पास भएको हो ।

त्यसअघि विधेयकमा राष्ट्रिय जनता पार्टीका तर्फबाट सांसद बृजेश चन्द्र लाल, नेपालीकांग्रेसका तर्फबाट राधेश्याम अधिकारी र संयुक्त संसोधन कर्ताको तर्फबाट सरिता प्रसाईले संसोधन प्रस्ताव दर्ता गरेका थिए । तर दफावार छलफलमा राजपा सांसद लाले मात्रै सभाभागिता जनाएका थिए । अरु दुई जना संसोधनकर्ता भने आफूहरुको आन्दोलन जारी रहेको भन्दै छलफलमा भाग लिएनन् ।

संसोधनकर्ता द्धय लाल र अधिकारीले विधेयकको दफा १३, १५ र ४६ मा र प्रसाईले दफा १३, १५, ४० र ४६ मा संसोधन हालेका थिए ।

संंघीय संसदको दुबै सदनबाट विधेयक पारित भएपछि अव यो विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भए लगत्तै ऐनको रुपमा कार्यान्वनय हुनेछ ।

यता संसदबाट विधेयक पास भईरहेका बेला डा गोविन्द केसीले भने आफ्नो अनशन जारी राखेका छन् । उनको अनशनको आज २३ औँ दिन हो ।

सरकारले भने संसदबाट विधेयक पास भएपछि अब बल्ल डा केसीसंग बार्ता अघि बढाउने तयारी थालेको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *