राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा यादव नियुक्त

काठमाडौँ, १६ माघ । प्राडा विश्वनाथ यादव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका छन् । प्रतिष्ठानको उपकुलपति डा संगिता भण्डारीको सिफारिसमा सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मंगलबार प्राडा यादवलाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् ।

सप्तरीका यादव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए ।

यसअघिका शिक्षाध्यक्ष प्राडा रतिन्द्रनाथ श्रेष्ठले गत २४ असारमा राजिनामा दिएका थिए । त्यस यता सो पद खाली थियो ।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरी नियुक्त गरेको भन्दै बर्तमान सरकारले अन्य नियुक्तिसंगै सो प्रतिष्ठानको समेत उपकुलपति र शिक्षाध्यक्षको नियुक्ती खारेज गरेको थियो ।

सो निर्णय विरुद्ध उपकुलपति भण्डारी सर्बोच्च अदालत गइन र निर्णय कार्यान्वयन नगर्न आदेश लिएर आइन । तर श्रेष्ठले भने निर्णय गर्नु एक दिन अघि नै राजिनामा दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *