पूर्व युवराज पारसलाई ‘हर्ट एट्याक,’ नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौँ, १४ माघ । पूर्व युवराज पारस शाहलाई माइनर हार्ट एट्याक भएको छ । उनको अहिले थापाथलिस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार घरमै रहेका बेला छातीमा अप्टेरो महसुस भएपछि उनलाई परिवारले केही बेर अघि नर्भिक पुरयाएको थियो ।
‘उहाँलाई माइनर एट्याक भएको जस्तो छ । अहिले क्याथ ल्यावमा लगिएको छ । त्यहाँ कोरोनरी एन्जीओप्लास्टी गर्ने तयारी हुँदैछ,’ स्रोतले भन्यो ।
शाहलाई बरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्ट नेतृत्वको टोलीले हेरेको छ ।
शाहलाई यसअघि पनि दुई पटक हार्ट एट्याक भएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



