प्रधानमन्त्री भन्छन्, ‘तीन करोड मानिस भएको ठाँउमा केहीमा असन्तुष्टी देखिन सक्छ’
काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुन भन्दा कोही माथि नरहेको बताएका छन् । उनले हरेक व्यक्ति आफ्नो मर्यादामा बस्नु पर्ने उल्लेख गरेका छन् ।
स्वीटजरल्याण्डको भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुले डा गोविन्द केसीले उठाएको पछिल्लो मागको विषयलाई जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
पत्रकारहरुले डा केसीसंगको सम्झौँता विपरित चिकित्सा शिक्षा विधेयक पास भएको र डा केसीले प्रधानमन्त्री केसीको राजिनामा मागेको विषयमा केन्द्रीत रहेर प्रश्न सोधेका थिए । प्रधानमन्त्रीले सोको जवाफमा प्रधानमन्त्रीले जोसुकै व्यक्ति मर्यादामा रहनुपर्ने बताए ।
उनले विधेयक पास हुने स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे । उनले भने, सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ । अरुको पनि प्रक्रिया हुन्छ । त्यसैले यो खास ठुलो कुरा होइन । उनले अगाडी थपे, तीन करोड बढी मानिस छन् । सबै सन्तुष्ट हुदैनन् । केही व्यक्ति असन्तुष्ट हुन्छ । यो चिन्ताको विषय पनि होइन ।
विधेयक पास भएपछि शुक्रबार प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा डा केसीले प्रधानमन्त्री ओलीको राजिनामा मागेका थिए । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र उनले खाएको औषधिको असरका कारण मुलुकले नै दुख पाएको निकृष्ट प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्रीकै स्वास्थ्य र औषधिको बारेमा यस्तो अभिव्यक्ति आएपनि उनका डाक्टरहरुले खण्डन वा प्रतिक्रिया दिएका छैनन् ।
प्रधानमन्त्रीको निजी डाक्टरको रुपमा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह र फिजिसियन डा दिलिप शर्मा नियुक्त छन् ।
सम्पर्क इमेल : [email protected]