आज पास होला चिकित्सा शिक्षा विधेयक ?

132
Shares

काठमाडौँ, ११ माघ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज संसदबाट जसरी पारित गर्ने तयारी गरेको छ।
यसअघि सोमबार र मंगलबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण सो विधेयक पेश हुन पाएको थिएन ।

नेकपा नेता योगेश भट्टराईले आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पास हुने बताए । उनले भने, ‘अहिले यत्ति भनौँ, चिकित्सा शिक्षा विधेयक आज पास हुन्छ ।’

यता नेपाली कांग्रेसले अघिल्ला पटक जस्तै आज पनि संसदमा अवरोध पुरयाउने र विधेयक पेश गर्नैै नदिने रणनीतिमा छ । कांग्रेस नेता एवं सांसद गगन थापाले यथास्थितिमा विधेयक पास हुन नसक्ने भन्दै त्यसका लागि कांग्रेसले आवश्यक कदम चाल्ने बताए ।

आवासीय चिकित्सकहरुले सेवा बहिस्कार उपचार सेवा प्रभावित

यता डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै ठूला सरकारी अस्पतालका आवासीय चिकित्सकहरु ओपिडी बहिस्कार गरि प्रदर्शनमा उत्रिएका छन् ।

त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बीर अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायतका अस्पतालमा कार्यरत चिकित्सकहरु आकस्मिक बाहेकका सेवा छाडेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरु आन्दोलनमा जाँदा अस्पतालको नियमित सेवामा समेत समस्या देखिन थालेको छ ।

आवासीय चिकित्सकहरु सेवा बहिस्कार गरि निस्किएका छन् । ‘अब हामीनै मेडिकल अफिसरको काममा खटिनु परेको छ । उनीहरुले आफ्नो नियमित डिउटी बहिस्कार गरेपछि सेवा प्रभावित त भई नै हाल्छ नि,’ कान्ति अस्पतालका निर्देशक डा गणेश राईले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *