आन्दोलनरत हेअलाई मन्त्रालयले दियो दुई विकल्प, आन्तरिक छलफलका लागि १ घण्टा स्थगित

काठमाडौँ, १ माघ । स्वास्थ्य मन्त्रालयका अधिकारी र हेल्थ असिस्टेन्टबीच आज भएको बार्ता अझैँ सहमतिमा पुग्न सकेको छैन । करीब तीन घण्टा देखि चलेको बार्ता अहिले एक घण्टाका लागि स्थगित भएको छ ।

मन्त्रालयका अधिकारीहरुले हेल्थ असिस्टेन्टसंग सहमतिका लागि दुईवटा प्रस्ताव अघि सारेका छन् । सोही प्रस्ताव लिएर हेल्थ असिस्टेन्टका प्रतिनिधिहरु आन्तरिक छलफल गर्न भन्दै बार्तास्थलबाट बाहिरिएका छन् ।

‘आजको बार्तामा पनि स्वास्थ्य चौकी सीअहेवले गर्ने कि हेअले गर्ने भन्ने विषयमा नै छलफल केन्द्रीत भयो । उहाँहरुले तालिमप्राप्त सीअहेवलाई र छैटौँ तहका अनमीलाई एक पटकका लागि नेतृत्व गर्न दिनुपर्ने कुरा गर्नुभयो । अर्को भनेको अहिले मन्त्रिपरिषदमा गएको दरबन्दी संरचना फिर्ता गर्नुपर्ने भन्ने विषय थियो । त्यसमा पनि मन्त्रालयले फिर्ता गर्न सिफारिस गर्दछौँ भनेको छ । यी विषयमा आन्तरिक छलफल गर्न हामीले एक घण्टाका लागि बार्ता स्थगित गरेका हौँ,’ हेल्थ अस्सिटेन्ट संघका बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्काले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार तालिम प्राप्त सीअहेवको संख्या १ हजार ५ जना रहेको छ । त्यस्तै छैटौँ तहका अनमीको संख्या ३२९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “आन्दोलनरत हेअलाई मन्त्रालयले दियो दुई विकल्प, आन्तरिक छलफलका लागि १ घण्टा स्थगित

  1. Talim prapta sahw and sanm lai loksewako prakriya bata padasthapana ko aadhar ma diyo bhane ramro hunxa sathai talim liyeka sahw ra HA dubai 6th bhaye HA lai incharge dinuparxa

  2. तालिम प्राप्त सि अ हे व लाई दिनेहो भने हे अ , बि पि एच वा एम पि एच गरेका छैठौ भन्दा सि अ ह्रे व तालिम नै ठूलो भयो र ? बरु काउन्सिल मा जो मथिल्लो तह मा दर्ता छ उस्लाइ दिएमा यो भन्दा ठिक होला। अहिले भर्खरै तृतिय मा दर्ता भएका सि अ हे व हरु ले जनस्वास्थ्य अधिकृत सातौ पद्नाम लिसकेका छन । अनि तिन्लाइ के गर्ने?

  3. sab bakbas. fact decision dina nasakne le k ko barta ko kura garchan?? HA ko demand sab thik cha. sidhai ok garnu parcha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *