हेल्थ असिस्टेन्ट र सरकारबीचको बार्ता विना निस्कर्ष टुंगियो
काठमाडौँ, ३० पुस । सरकार र आन्दोलनरत हेल्थ अस्सिटेन्टबीच स्वास्थ्य मन्त्रालयमा भएको आजको बार्ता विना निस्कर्ष टुंगिएको छ । बार्ता भोलि पुन बस्ने बताइएको छ ।
विहान सरकारी चिकित्सक संघ नेपाल (गोदान) संग गरेको बार्ता सहमतिमा पुगेपछि सरकारी टोली दिउसो हेल्थ असिस्टेन्ट संग बार्तामा बसेको थियो ।
‘खास गरी स्वास्थ्य संस्थाको प्रमुख अहेव पनि हुनसक्ने भन्ने विषयमै कुरा मिलेन,’ सरकारी बार्ता टोलीका सदस्य महेन्द्रप्रसाद श्रेष्ठले भने । उनले भोलि पुन बार्तामा बस्ने जानकारी दिए ।
यता हेल्थ असिस्टेन्ट संघका कार्यवहाक अध्यक्ष दीपेन्द्र खडकाले स्वास्थ्य चौकीको नेतृत्व अहेवले लिने कुरामै सहमति हुन नसकेको बताए ।
‘उहाँहरुले दुईवटा प्रस्ताव ल्याउनु भएको थियो । एउटा पाँच बर्षका लागि हो त्यसैले मानिदिनुस भन्नुभयो । अर्को तालिम लिएकालाई प्रमुख हुने व्यवस्था मान्नुस भन्नुभयो । हामीले शैक्षिक योग्यता, स्वास्थ्य व्यवसायी परिषदको दर्ता आदिबाट योग्य देखिएमा मान्छौँ भन्यौँ त्यसमा कुरा मिलेन,’ खड्काले भने । उनले सरकारी टोलीले भोलि आन्तरिक छलफल गरी पुन बार्ताका लागि खवर गर्ने जानकारी दिएको बताए ।
बार्तामा सरकारका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा सहसचिवद्धय जनार्दन गुरागाईँ र महेन्द्र श्रेष्ठ सहभागी थिए।
यस्तै संघका तर्फबाट कार्यवहाक अध्यक्ष खड्का सहित उपाध्यक्षद्धय मेघराज चापागाँई र प्रकाश परियार, केन्द्रीय सदस्यहरु सीता बानिया र उदयकुमार महतो र प्रेम सिंजाली सहितको छ सदस्यीय टोली थिए ।
सम्पर्क इमेल : [email protected]