सम्झौँता विपरीत विधेयक पास भएपछि डा. केसीको आकस्मिक पत्रकार सम्मेलन

348
Shares

काठमाडौँ, २३ पुस ।  संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले बहुमतको आधारमा चिकित्सा शिक्षा विधेयक पास गरेपछि डा गोविन्द केसीको आज आकस्मिक पत्रकार सम्मेलन हुँदैछ । अहिले विहान ९ बजे त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उनले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

संसदको उपसमितिले पास गरेको विधेयकमा उपत्यका बाहिरको हकमा आसय पत्र लिइसकेका मेडिकल कलेजलाई चाहेकै विश्वविद्यालयबाट सम्वन्धन दिन सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धनको बाटो खुल्ने देखिएको छ ।

हिजोको उपसमिति बैठकमा सांसद गगन थापाले डा केसीसंगको सम्झौँता विपरित जान नहुने अडान दोहोरयाएका थिए । उनले विधेयक पास हुँदै गर्दा आफ्नो फरक मत समेत राखेका छन् । विधेयकका बारेमा सहमति हुन नसकेपछि बहुमतको आधारमा पास भएको हो ।

डा केसीले विगतमा आफूसंग गरिएका सम्झौँता अनुसार नै विधेयक पास हुनुपर्ने अन्यथा आफू १६ अनसन शुरु गर्ने बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *