कर्णाली प्रदेश सरकारद्धारा विभिन्न अस्पतालको अध्यक्ष तथा सदस्यमा १३ जना मनोनित

सुर्खेत, १४ पुस ।  कर्णाली प्रदेश सरकारले प्रदेश मातहतमा आएका प्रदेश अस्पताल, जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु मनोनयन गरेको छ ।

सामाजिक विकास मन्त्री दल रावलको प्रस्ताव बमोजिम शुक्रबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले ती अस्पताल तथा आयुर्वेदिक औषधालयमा अध्यक्ष तथा सदस्यगरी १३ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो ।

मनोनित पदाधिकारीहरु यसप्रकार छन् :

यसैबीच, प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा मनोनयन भएका श्यामलाल कंडेलले आफूले औपचारिक जानकारी पाइनसकेको भन्दै जिम्मेवारी पाएको बखतमा अस्पताल सुधारका लागि आफ्नो तर्फबाट कार्य अघि बढाउने बताए ।

‘स्वास्थ्य क्षेत्रमै  मेरो ३० बर्षको अनुभव छ । त्यसैलै मेरो भुमिका गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहजकर्ताको रुपमा हुनेछ । अस्पताल स्तरोन्नतीका लागि सबैलाई समेटेर योजनाका साथ अघि बढ्ने हुनेछ । यद्धपी अहिले नै यी सबैकुरा भन्नु केही हतारो हुन्छ जस्तो लाग्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *