कलेजो प्रत्यारोपणको तयारी गर्दै नर्भिक अस्पताल

304
Shares

काठमाडौँ, ११ पुस । थापाथलीस्थित नर्भिक अस्पताल निकट भविस्यमै कलेजो प्रत्यारोपण सेवा आरम्भ गर्ने जनाएको छ । नर्भिकले विस्तारित सेवा अन्तरगर्त कलेजो प्रत्यारोपण सेवा आरम्भ गर्ने जनाएको हो ।

सन् २०१२ देखि पाचन प्रणाली उपचार केन्द्र (डीडीसी)का रुपमा रुपान्तरित हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरुको उपचार गर्दै आइरहेको छ।

सोही केन्द्रका चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा कलेजो प्रत्यारोपण आरम्भ गरिने बताइएको हो । उक्त सेवामा डीडीसी प्रमुख डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरु पनि संलग्न हुनेछन्।

नर्भिकले अहिल आफू पूर्वाधार निर्माणमा केन्द्रीत रहँदै सेवा सञ्चालनका लागि लाइसेन्स लिने कार्यलाई अगाडी बढाएको बताएको छ ।

त्यसो त नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालिमप्राप्त एवं अनुभवी विशेषज्ञहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्य चिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. वीरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी- क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) रहेका छन्। त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरुमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा छन्।

अत्यधिक एवम् अनियन्त्रित मद्यपान, धुम्रपान, केहि विशेष प्रकारका हेपाटाइटिस आदिका कारण हाल नेपाली जनसंख्याको ठूलै हिस्सा कलेजोको असाध्य रोगबाट ग्रसित हुँदै गएकोले कलेजो फेल हुने, कलेजोको सिरोसिस हुने, कलेजोको क्यान्सर भइरहेको छ । साथै कलेजो प्रत्यारोपणका लागि ठूलो सँख्यामा नेपाली विदेश गइरहेको अवस्थालाई मध्यनजर गर्दै नर्भिकले यस्तो कदम चाल्न लागेको हो।

हाल तीव्र तयारी भइरहेको तथा यहि पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओपीडी सेवा सञ्चालन गरिने र नेपाल सरकारबाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने नर्भिक व्यवस्थापनले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *