अध्ययन विदाको पूर्व स्वीकृतिको जिम्मा विभागलाई दिने तयारी

काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातौँ तहसम्मका कर्मचारीले लिने अध्ययन् विदाको पूर्व स्वीकृति स्वास्थ्य सेवा विभागबाटै लिन सक्ने व्यवस्था गर्न लागेको छ । अहिलेसम्म अध्ययन विदाको पूर्व स्वीकृति दिने अधिकार स्वास्थ्य सचिवलाई मात्रै छ ।

स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले सबै काम मन्त्रालयबाट गर्दा अनावश्यक लोड पर्ने भएकाले केही जिम्मा विभागलाई दिन खोजेको बताए । त्यसका लागि नियमावली संसोधन गर्ने प्रक्रिया अघि बढाउन थालेको छ ।

‘विभागलाई सातौँ तह सम्मका कर्मचारी सरुवा गर्ने अधिकार दिइएको छ । अब त्यो तहसम्मको कर्मचारीलाई अध्ययन विदाका लागि पूर्व स्वीकृति दिने काम पनि विभागका प्रमुखलाई दिइयो भने कामको बाडफाँड हुन्छ । सबैलाई सजिलो पनि हुन्छ । त्यसैले सो प्रस्ताव अघि बढाइदै छ,’ सचिव अधिकारीले भने ।

मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार स्वास्थ्यमा बार्षिक रुपमा १ हजार देखि १ हजार ५ सय संख्यामा कर्मचारीले अध्ययन विदाका लागि निवेदन हाल्ने गर्दछन् । तर, अध्ययन विदामा जानेको संख्या भने बार्षिक ५ सयको हाराहारिमा रहने गरको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *