तीन साता लामो उपचार पछि निर्मलाका बाबु यज्ञराज टिचिङबाट डिस्चार्ज

212
Shares

काठमाडौँ, १ पुस । त्रिवि शिक्षण अस्पतालमा तीन साता लामो उपचार पछि स्व निर्मलाका बुवा यज्ञराज पन्त डिस्चार्ज भएका छन् । उनी पूर्ण रुपमा निको भएको उपचारमा सम्लग्न प्राडा सरोजप्रसाद ओझाले जानकारी दिए ।

आफ्नीको छोरीको हत्यारा पत्ता लगाई कारवाही गर्नुपर्ने माग राख्दै अनसन बसेका यज्ञराजको मंसिरको साता देखि अस्वस्थ भएका थिए । स्थानीय चिकित्सकहरुले यज्ञराजमा मानसिक समस्या भएको उपचारका लागि काठमाडौँ रिफर गरेका थिए ।

गत ९ मंसिरमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पन्तको साइक्याट्रिक र मेडिसिन विभागका चिकित्सकहरुले उपचार गरेका थिए ।

‘उहाँमा छोरीको कारण मानसिक तनाव बढी थियो । त्यस्तै थाइराइडको समेत समस्या देखियो । दुबै समस्याको पुरा उपचार गरि आज डिस्चार्ज हुनुभयो,’ प्राडा ओझाले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *