स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी
काठमाडौँ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी केदारबहादुर अधिकारीले पाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका अधिकारीलाई गत सोमबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्यको जिम्मेवारी दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले यसअघि २८ असोजमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय गरेको थियो ।
प्रशासन समूहका भएपनि अधिकारी स्वास्थ्यसंग नजिक मानिन्छन् । उनी सहसचिव हुँदा करीब २ बर्ष स्वास्थ्य मन्त्रालयमा थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



