दृष्टिदोष उजागर गर्ने पुस्तक ‘गीत गाउने रुख’ सार्वजनिक

काठमाडौँ, २२ मंसिर । बालबालिकामा दृष्टिदोषका कारण दृष्टिमा आउने समस्या दर्शाउने पुस्तक गीत गाउने रुख को नेपाली संस्करण लोर्कापण भएको छ । अर्विस इन्टरनेशनलको सहयोगमा नेपाल नेत्रज्योति संघले शुक्रबार एक कार्यक्रम गरी उक्त पुस्तक लोर्कापण गरेको हो ।

यस पुस्तकका लेखक केननेथ योगस्टेको हुन् । स्वास्थ्य शिक्षा प्रवर्धकका रुपमा परिचित योगस्टेले आफ्नो ४० बर्षको अनुभवलाई समेटेर यो पुस्तक तयार गरेको बता्ए ।

यो पुस्तक नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनलद्धारा सञ्चालित विद्यालय तह आँखा स्वास्थ्य कार्यक्रम लागू भएका विभिन्न विद्यालयमा वितरण हुनेछ । यस्तै ती कार्यक्रम सञ्चालन भएका विद्यालयमा दृष्टि परीक्षणपछि चस्मा लगाउन पर्ने बालबालिका निशुल्क रुपमा यो पुस्तक उपलव्ध गराइने बताइएको छ ।

कथाको रुपमा प्रकाशित यो पुस्तकमा एउटा सानी नानी जो दृष्टिदोषका कारण चरा देख्न सक्दिनन् र गाँउने रुखको गीत सुनेर रुखमुनी विताउँछिन ।तर जव साधारण चस्मा पाउँछिन उनले चरा देख्न सक्छिन् ।

लेखक योगस्टे भन्छन्, ‘यस कथाको मुख्य सार साना नानीहरु जो दृष्टिदोषको समस्या बोकेर हिड्न विवस छन् , उनीहरु अभिभावक, शिक्षकका अगाडी भन्न समस्या व्यक्त गर्न सक्दैनन् । यो कथा पढेपछि शिक्षक तथा अभिभावक र विद्यार्थी स्वयंले यस्ता समस्या उजागर गर्नेछन् ।’

अर्विस इन्टरनेशनलका नेपाल निर्देशक डा राहुल अलि नेपालका ५ लाख बालबालिकाको आँखा जाँच र दृष्टिदोषको लागि उपचार गर्ने कायृक्रमको एक भागको रुपमा लिएको बताए ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले बाल अन्धोपन निवारणका लागि र जनचेतना फैलाउनका लागि यो पुस्तक सहयोगी हुने बताए । उनले खस्रे रोग निवारणमा नेपाल दक्षिण एसियामै पहिलो भएको भन्दै आँखाका अरु समस्या निवारण गर्न पनि लागि परेको बताए ।

संसारभर विद्यालय जाने उमेरका ८० प्रतिशत बालबालिका दृष्टिदोष रहेको बताउँदै उनले एक जोर सामान्य चस्माले त्यो समस्या समाधान गर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले संस्थाको गतिविधिका बारेमा जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *