स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त

काठमाडौँ, २० मंसिर । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेश कुमार पोखरेललाई नियुक्ति गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई निर्देशक नियुक्ति गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशकको कार्यकाल चार बर्षको रहने छ ।

यसअघि गत ७ कात्तिकमा निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेल सहित दामोदर बसौला पोखरा र श्रीमान कार्की तेह्रथुमको नाम सिफारिस गरेको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नका लागि दरखास्त आवहान गरी प्रस्तुति र अन्तरवार्ताका माध्यमबाट छनौट गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *