गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल एक लाख घुस सहित पक्राउ
काठमाडौँ, १६ मंसिर । स्वास्थ्य सेवा विभाग अन्तर्गत ११ औँ तहमा कार्यरत डा तारानाथ पौडेल एक लाख घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख रहेका डा पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
डा पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको अख्तियारले जनाएको छ । उनले अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई रकम लिएका हुन्।
अख्तियारले उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजे नियन्त्रणमा लिएको जनाएको छ ।
डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकबनेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




kasto ramro
dherai dherai