जब विभागको आकस्मिक निरीक्षणमा टेकु पुगे स्वास्थ्य राज्यमन्त्री डा. यादव…

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा विभागको आकस्मिक निरीक्षण गरेका छन् । दिउसो तीन बजे आफ्ना सहयोगीहरुसंग विभाग पुगेका मन्त्री यादवले त्यहाँका विभिन्न महाशाखामा करीब १ घण्टा निरीक्षण गरेका थिए ।

विभागमा उनी पुग्दा कर्मचारीहरुको उपस्थिति भने निकै पातलो देखिथ्यो । ‘कतिपय फिल्डमा रहेको कतिपय समय अगावै घर गएको पाइयो,’ निरीक्षणपछि राज्यमन्त्री यादवले भने ।

उनले काज लिएर फिल्डमा खटिएका कर्मचारीहरुको विवरण हाजिरी पुस्तिकामा नभएको समेत जानकारी दिए ।

‘समिक्षा चलेको छ, टिओआर बनाएरै कर्मचारीहरु बाहिर गएका छन् । त्यसको कैफियत हाजिरी पुस्तिकामा त उल्लेख हुनुपरयो नि । त्यो छैन । उपल्ला तहका कतिपय कर्मचारीहरु हाजिरी नगरी बस्ने गरेको समेत भेटियो ,’ राज्यमन्त्री यादवले भने ।

केही कर्मचारी भने समय अगावै निस्कने गरेको भेटिएकोले उनीहरुमाथि थप छानवीन गर्न लागिएको बताए । राज्यमन्त्री यादवले विद्युतीय हाजिरीमा आएको र गएको समय समेत भेटिने भन्दै त्यसको सबै विवरण आफूले लिएर आएको बताए ।

आफू आज आकस्मिक रुपमा विभागको निरीक्षणमा खटिएको र यस्तै निरीक्षण स्वास्थ्यको अन्य निकायमा जुनसुकै बेला गर्ने राज्यमन्त्री यादवले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *