सचिव डा. पुष्पा चौधरीलाई सरुवा गर्ने निर्णय कार्यान्वनय नगर्न सर्बोच्चको अन्तरिम आदेश

8.1k
Shares

काठमाडौँ, १७ कात्तिक । सर्बोच्च अदालतले तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रधानमन्त्री कार्यालयमा जगेडामा राख्ने निर्णयमा कारण देखाउ आदेश समेत दिएको छ ।

गत असोज २८ को निर्णयअनुरूप सचिव चौधरी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएकी थिइन्। उनलाई यथास्थितिमा काम गर्न दिन, सरुवा गर्ने र रमाना दिने काम नगर्न सर्वोच्चले आदेश दिएको हो ।

डा. चौधरीले आफूलाई प्रधानमन्त्री कार्यालयमा तान्ने सरकारको निर्णय गैरकानुनी भन्दै गत बिहीबार सर्बोच्च अदालतमा रिट दायर गरेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *