स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा

824
Shares

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा लगिएको छ ।

स्रोतका अनुसार उनलाई प्रधानमन्त्री कार्यालयले अतिरिक्त समूहमा राख्ने निर्णय गरेको छ । यद्धपी मन्त्रालयमा यससम्वन्धी निर्णयको पत्र पुगिसकेको छैन ।

सचिव डा. चौधरीले पनि अहिलेसम्म स्वास्थ्य सचिवकै रुपमा नियमित कामकाज गर्दै आएकी छन् ।

डा. चौधरी गत १३ पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञबाट सचिवमा बढुवा भएकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *