नेपाली हेल्थका सम्पादक न्यौपाने सम्मानित

1.1k
Shares

काठमाडौँ, २३ असोज । पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्‍याएको भन्दै नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने सम्मानित भएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सम्पादक न्यौपाने सम्मानित भएका हुन् ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सो अवसरमा मानसिक स्वास्थ्य क्षेत्रमा योगदान गर्ने अरु विभिन्न विधाका व्यक्ति तथा संस्थाहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा बरिष्ठ मनोरोग विशेषज्ञ प्राडा देशराजबहादुर कुँवर, गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी दिवाकर गौतम, समाजसेवी दोर्जे डोल्मा गुरुङ, अर्किट केयर होमकी यमुना कटुवाल रहेका छन् । यस्तै आट थेरापिष्ट सपना शाह, नेपाल एकेडेमी अफ साइकोलोजीकी भगवती भट्टराई, मनोचिकित्सक एवं सहायक प्राध्यापक डा देवब्रत जोशी  रेडियो अन्नपूर्ण नेपाल, एभिन्यूज टिभिका राजिब खत्री छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *