सुदुरपश्चिम प्रदेशले भारतीय सिमा नाकाका सात ठाँउमा राख्यो हेल्थ डेस्क

कैलाली, २३ असोज । औलो रोक्न सुदुरपश्चिम प्रदेशले भारतसंग जोडिएका सात वटा सिमानाकामा हेल्थ डेस्क स्थापना गरेको छ । प्रदेशले स्थानीय जिल्ला तथा नगरपालिकासंग समन्वय गरी हेल्थडेस्क स्थापना गरेको हो ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले दार्चुलामा २ स्थानमा, बैतडीमा १ स्थानमा, कन्चनपुरमा २ स्थानमा र कैलालीमा दुई स्थानमा हेल्थ डेस्क राखिएको जानकारी दिए ।

‘अहिले भारतीय जिल्ला बरेलीमा औलोको महामारी देखिएको छ । पाँच दर्जन जतिको ज्यान समेत गईसकेको छ । हाम्रो प्रदेशका धेरै मानिस त्यसक्षेत्रमा रोजगारी देखि किनमेलका जाने गर्दछन् । दशैको बेलामा त्यसतर्फबाट फर्कनेको संख्या अत्यधिक हुन्छ । त्यसक्रममा लामखुट्टेको संक्रमणमा परी रोग सल्किने सम्भावना रहन्छ । त्यसैले हामीले हेल्थ डेस्क राख्ने निर्णय गरेका हौँ,’ निर्देशक डा अवस्थीले भने ।

उनले हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति र औषधि उपकरण सिमा नाकामा पठाइसकिएको बताए । ‘जसलाई ज्वरो आएको छ उसको रगत झिक्ने र परीक्षण गर्ने र औषधि खान दिइहाल्ने हाम्रो योजना हो,’ निर्देशक डा. अवस्थीले भने ।

जसलाई ज्वरो आएको छ उसको रगत झिक्ने र परीक्षण गर्ने र औषधि खान दिइहाल्ने हाम्रो योजना हो,’ निर्देशक डा. अवस्थीले भने ।

त्यसो त निर्देशनालयले बैतडी अछाम डोटी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, लगायतका जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई भारतबाट फर्कनेहरुमा विशेष सर्तकता अपनाउन र ज्वरो आएको थाह पाउनासाथ औलोको जाँच गर्न निर्देशन दिएको छ । त्यसको समन्वय स्थानीय पालिकाहरुसंग गर्न समेत भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *