बाजुरा : उपचारमा सजिलो बन्दै आधुनिक उपकरण


बाजुरा, २१ असोज । जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ ।

एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीनाअगाडि जडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको सहयोगमा अहिले उपचार गराउन सजिलो भएको कार्यालय प्रमुख रूपचन्द्र विश्वकर्माले बताए ।

बडिमालिका नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको रू १६ लाखबाट जडान गरिएको उक्त उपकरणबाट स्थानीयवासीलाई जिल्ला तहमै भरपर्दो आधुनिक उपचार सेवा प्रवाह गर्न सहज भएको छ । उपचार सेवा सहज भएपछि दैनिकजसो बिरामीको सङ्ख्या वृद्धि भएको र उपचार तथा रोगको पहिचान गर्न पनि निकै सजिलो भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

पहिले एक्स–रेबाट प्रिन्ट निकाल्नका लागि केमिकल मिसाउँदा र सुकाउँदा लामो समय कुनुपर्ने बाध्यता उक्त उपकरणको जडानसँगै हटेको प्रमुख चिकित्सक विश्वकर्माले बताए । एक्स–रे गरेको पाँच मिनेटमै रोग पत्ता लगाउन सकिने विशेषता सो उपकरणमा छ । यसअघि तीन/चारथरीको एक्स–रे गर्नुपर्ने र प्रिन्ट पनि महँगो हुनेगरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *