दुम्कीबास बस दुर्घटनाका १५ जना घाइतेको उपचार पुरानो मेडिकल कलेजमा हुँदै

552
Shares

चितवन, २० असोज । दुम्कीबास बस दुर्घटनाका घाईते १५ जनाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजम शिक्षण अस्पतालमा भइरहेको छ ।

काकड्भिट्टाबाट नेपालगन्ज तर्फ गई रहेको मे १ ख २२०८ नम्बरको हिमाल यातायातको बस आज विहान ५ बजे तिर नवलपुरको दुम्किबास क्षेत्रमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो ।

अस्पतालका बरिष्ठ जनसम्पर्क तथा बजार बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने इर्मेजेन्सी प्रमुख डा. रोहन झालाई उदृत गर्दै घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर तर खतरामुक्त रहेको बताए ।

अन्य १२ जना घाइतेको अवस्था सामान्य हरेको अस्पताललले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *