इपिलेप्सी रोग सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुँदै

292
Shares

काठमाडौँ, १९ असोज । इपिलेप्सी सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलन शनिबार (भोलि) देखि राजधानीमा शुरु हुँदैछ । कान्तिपुर जनरल हस्पिटल, कान्तिपुर डेन्टल कलेज, ताइवान इपिलेप्सी सोसाइटीको आयोजनामा हुने सम्मेलनमा नेपाल इपिलेप्सी सोसाइटीको साथ रहनेछ ।

इपिलेप्सी एजुकेशन कोर्ष इन नेपाल नाम दिइएको उक्त सम्मेलनमा न्युरोसर्जन, साइक्याट्रिक्स, न्युरोलोजिष्ट, पेडियाट्रिसियन, दन्त चिकित्सक गरी १ सय बढीको सहभागिता रहनेछ ।

सम्मेलनमा भाग लिन ताइवान इपिलेप्सी सोसाइटीका अध्यक्ष डा चिङ सियाङ चि को नेतृत्वमा सात सदस्यीय टोली समेत आइपुगेको कान्तिपुर जनरल हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनले नेपालबाट काठमाडौँ पोखरा, धरान, बुटवल, विराटनर, चितवन लगायतका स्थानबाट चिकित्सकहरु सहभागी हुने बताए ।

नेपाल इपिलेप्सी सोसाइटीका अध्यक्ष प्राडा सरोज ओझाले सम्मेलनमा इपिलेप्सी सम्बन्धी समस्या, यसको निदान र उपायका बारेमा छलफल हुने बताए । उनले स्वदेश तथा विदेशका चिकित्सकहरुले यस रोगका बारेमा कार्यपत्र र अनुभवहरु प्रस्तुत गर्ने बताए ।

कान्तिपुरका अध्यक्ष डा श्रेष्ठले कार्यक्रममा कार्यपत्र कतिपय सहभागीहरुले डेमेस्ट्रेशन सहितको प्रस्तुति गर्ने जानकारी दिए ।
सम्मेलन शनिबार विहान ८ बजे देखि बसु्न्धरास्थित कान्तिपुर जनरल हस्पिटलको सभाहलमा शुरु हुँदै छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *