प्रसूतिगृह अस्पतालको फार्मेसीमा औषधिको मूल्य ६० प्रतिशत सस्तो

1.1k
Shares

काठमाडौँ, १८ असोज । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको दावी गरेको छ ।
सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि आफ्नो अस्पतालको फार्मेसीमा रहेको प्रसूतिका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले हरेक सरकारी अस्पताललाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्नुपर्ने नियम शुरु गराएका थिए ।
सोही अनुरुप अहिले देशका प्राय सबै अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएका छन् र ती अस्पतालमा खुलेका फार्मेसीबाट विरामीले तुलनात्मक रुपमा सस्तो दाममा औषधि पाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *