रोटरीयन र तिनका परिवारले नर्भिकमा सहुलियतपूर्ण उपचार पाउने

काठमाडौँ १६ असोज । नर्भिक अस्पतालले रोटरी रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परिवारलाई विशेष प्राथमिक एवम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । ललितपुरमा सोमबार आयोजित रोटरियनहरुको इन्टरसिटि बैठकमा सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्तामणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार नर्भिकले रोट्री इन्टरनेशनलका सम्पूर्ण रोट्रीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलक र उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ ।

सोमबारको इन्टरसिटी बैठक तथा सहमति पत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए । उक्त बैठकमा रोटरी क्लबका पूर्व डिष्ट्रिक्स गभर्नरहरू, प्रेसिडेन्टहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरू सहभागी थिए ।

सो अवसरमा रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा राजेन्द्र प्रसाद बरालले अर्वुद रोग (क्यान्सर) र तिनका जटिलताहरू, रोकथामका उपायहरू आदि बारे आफ्नो मन्तव्य दिएका थिए ।

यस्तै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा. डा अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र योनीको मुखको क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू आदि बारे वृहत् प्रस्तुति दिएकी थिइन ।

रोटरीयन डा.निरज श्रेष्ठले रजोनिवृत महिलाहरूमा देखापर्ने अस्थीपञ्जरको समस्या लगायत ओस्टियोपोरोसिसको निदानात्मक, उपचारात्मक एवम रोकथामका उपायहरू बारे व्याख्या गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *