लहान होमयोप्याथिक अस्पताल सञ्चालनमा

लहान, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ लहान नगरपालिका–५ खुट्टी खोलास्थित विलट साह रौनियार जनसेवा होमयोप्याथिक अस्पताल लहानको आज उद्घाटन गरेका छन् ।
उनले आजै लहान नगरपालिकामा रहेका विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा पनि गरे ।
उनले अस्पतालले नगरवासीलाई आवश्यक चिकित्सा सेवा पु¥याउने विश्वास व्यक्त गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’ नारालाई साकार पार्न नगरपालिकालाई आह्वान गरे ।
रु २२ लाखको लागतमा बनी आजदेखि सञ्चालनमा आएको अस्पतालको भवन एकतले र चारकोठे रहेको भवनदाता महेश गुप्ताले बताए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



