लहान होमयोप्याथिक अस्पताल सञ्चालनमा

लहान, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ लहान नगरपालिका–५ खुट्टी खोलास्थित विलट साह रौनियार जनसेवा होमयोप्याथिक अस्पताल लहानको आज उद्घाटन गरेका छन् ।

उनले आजै लहान नगरपालिकामा रहेका विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा पनि गरे ।

उनले अस्पतालले नगरवासीलाई आवश्यक चिकित्सा सेवा पु¥याउने विश्वास व्यक्त गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’ नारालाई साकार पार्न नगरपालिकालाई आह्वान गरे ।

रु २२ लाखको लागतमा बनी आजदेखि सञ्चालनमा आएको अस्पतालको भवन एकतले र चारकोठे रहेको भवनदाता महेश गुप्ताले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *