एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

खोटाङ, १५ असोज । केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।

साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो ।

घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युका कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जीव राईले बताए ।

दुई शिशुलाई असोज १० गते विसिजी खोप लगाइएको थियो । उनीहरुको मृत्यु स्वास्थ्यकर्मीको लापरवाहीका कारण भएको आफन्तले आरोप लगाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *