जनस्वास्थ्य संघको निर्वाचन नरोकिने निर्वाचन समितिको निर्णय

काठमाडौँ, १२ असोज । जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्र पछि अन्योल बनेको नेपाल जनस्वास्थ्य संघको निर्वाचन निर्धारित मिति मै (भोलि) हुने भएको छ । जनस्वास्थ्य संघका निवर्तमान पदाधिकारी, उम्मेद्धारहरु सहितको सर्बपक्षीय बैठकपछि निर्वाचन समितिले निर्वाचन नरोकिने स्पष्ट पारेको हो ।

निर्वाचन समितिका संयोजक डा खगेश्वर गेलालले सर्बपक्षीय बैठकपछि निर्वाचन यथावत रुपमा हुने निर्णय भएको जानकारी दिए । त्यसअघि आजै विहान जनस्वास्थ्य संघका निवर्तमान पदाधिकारीहरुको बैठकले निर्वाचन कुनै पनि वहानामा रोक्न नहुने निस्कर्ष सहित अगाडी बढ्न समितिलाई सुझाव दिएको थियो ।

निर्वाचन रोक्नुपर्ने भन्दै गत ५ असोजमा परेको उजुरीपछि १० असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा भएको छललफलमा संघका निवर्तमान महासचिव सलाउद्धिन मियाँ र कोषाध्यक्ष विनोद रेग्मीले सहमति गरेका थिए । उनीहरुले गरेको सम्झौँता पत्र सहित विहीबार जिप्रका ललितपुरले संघको नाममा पत्र काटेपछि अन्योलता उत्पन्न भएको थियो ।

‘निर्वाचन संयोजकले मतदान निर्धारित मितिमै हुने भन्दै मतदान स्थलका लागि आवश्यक पर्ने एजेन्टको नाम समेत मागि सक्नु भएको छ । त्यसैले निर्वाचन नरोकिने भयो,’ आजको बैठकमा सहभागी एक सदस्यले भने ।

जिप्रकाले पत्र दर्ता नगरेपछि हुलाकबाट पठाइयो
आफ्नो नाममा पत्र आएपछि जनस्वास्थ्य संघले आज बैठक बसी निर्वाचन यथावत रुपमा अघि बढाउने निर्णय भएको जानकारी सहितको जवाफी पत्र जिप्रका ललितपुरमा पठाएको थियो । तर जिप्रकाले सो पत्र दर्ता गर्न नै अस्विकार गरेको छ । पत्र लिन नमानेपछि संघले हुलाक मार्फत पत्र पठाएको छ ।

नयाँ नेतृत्व चयन गर्न देशभरका १ हजार ५ सय ९० जना जनस्वास्थ्यकर्मीले भोलिको निर्वाचनमा मतदानमा सहभागी हुँदैछन् । त्यसका लागि संघले उपत्यका सहित ८ स्थानमा मतदानस्थल बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *