राप्ती उपक्षेत्रीय अस्पताल अब बन्ने भयो स्वास्थ्य विज्ञान प्रतिष्ठान

घोराही, ८ असोज । दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताल अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो ।

यसअघि अस्पताल र प्रतिष्ठानबीच गाभिने विषयमा विवाद परेको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति दिएको हो ।

नागरिक समाज दाङ, नेपाल पत्रकार महासङ्घ, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेल, उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा जनार्दन पन्थी सहीतको सर्वदलीय/सर्वपक्षीय बैठकले यही असोज १२ गतेभित्र अस्पताल हस्तान्तरणका काम सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपक्षेत्रीय अस्पतालको सम्पूर्ण दायित्व र सम्पत्तिसहित समाहित गर्न एक कार्यक्रम गरेर हस्तान्तरण गर्ने र प्रतिष्ठान मातहत अस्पताल हस्तान्तरण भए पछि त्यसको स्वास्थ्य अवस्था थप मजबुत बनाउन सहयोग गर्ने निर्णय समेत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *