पाल्पा : स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

80
Shares

पाल्पा, ६ असोज । रैनादेवी छहरा गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले स्वास्थ्यचौकीका अध्यक्ष तथा वडा नं ६ का अध्यक्ष ङनबहादुर रास्कोटीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

गाउँपालिकाको करीब रु ११ लाख लगानी र नेपाल सरकारको तर्फबाट झण्डै रु १९ लाख भन्सार छुटमा एम्बुलेन्स खरीद गरी एम्बुलेन्स ल्याएकोे गाउँपालिकाका अध्यक्ष कार्कीले बताए ।

रैनादेवी छहरा गाउँपालिका ६, ७ र ८ वडाका वासिन्दालाई पायक पर्ने गरी जुठा बजारमा एम्बुलेन्स रहने छ । एम्बुलेन्स सेवापछि पाल्पाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाको विकट क्षेत्रमा सत्यवती, बल्ढेगढी र जुठापौवाका स्थानीय बासिन्दालाई बिरामी हुँदा स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने छ ।

एम्बुलेन्स सञ्चालनका लागि तीनवटा वडाध्यक्ष र स्वास्थ्यचौकी प्रमुख सदस्य रहने समिति गठन गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *