भरतपुर अस्पतालको मेसु साढे तीन महिनामै परिवर्तन, डा. रविनको ठाँउमा डा. कृष्ण

काठमाडौँ, ६ असोज । भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन साढे तीन महिना मै परिवर्तन भएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले साढे तीन महिना अघि मात्रै जिम्मेवारी पाएका डा रविन खड्कालाई परिवर्तन गरी डा कृष्णप्रसाद पौडेललाई मेसु बनाएका छन् ।

तत्कालित स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा खड्कालाई गत १६ जेठमा मेसुको जिम्मेवारी दिएकी थिइन । युवा डाक्टर खड्काले नेतृत्व लिनासाथ भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा अघि बढाउने योजना अघि सारेका थिए ।

मन्त्री यादवले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै खड्काको ठाँउमा पौडेललाई लैजाने निर्णय गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *