भोजपुर : गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

132
Shares

भोजपुर, ३ असोज । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ ।

गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।

वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *