महोत्तरी : नैन्ही गाउँमा झाडापखाला

56
Shares


गौशाला, ३ असोज ।
महोत्तरीकोजलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ ।

जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोली पुगेर उपचार थालिएको बताए। “केही बिरामी सिकिस्त छन्,” उनले भने। सिकिस्त अवस्थाकी नईमा खातुनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । “चिकित्सक टोली औषधिसहित पुगेको छ, झाडापखाला नियन्त्रणमा आएको खबर छ,” डा झाले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *