साझा बस भित्र धूपपान विरुद्धको यस्तो पोष्टर
काठमाडौँ, २ असोज । धूमपान विरुद्धको अभियानमा जिम्मेवार सरकारी निकाय सुस्ताइरहेका बेला निजी तथा गैर सरकारी संस्थाहरु भने अहिले पनि संक्रिय देखिन्छन् । उनीहरुले धूपपान विरुद्ध आफ्नै तरिकाले अभियान सञ्चानल गरिरहेका छन् ।
पछिल्लो समय काठमाडौँको लोकप्रिय यातायात कम्पनी साझा बसमा धूमपानविरुद्धको पोष्टर टाँसिएको छ । पोष्टरमा भनिएको छ, ‘धूमपानले प्रत्येक छ सेकेण्डमा एक जनाको ज्यान लिन्छ । धूमपान आजै त्यागौँ ‘
सोही पोष्टरमा राखिएको ह्यासट्यागमा सुधार सम्भव छ भनिएको छ ।
दैनिक हजारौँले यात्रा गर्ने साझा बसको यो पोष्टरले सूर्ति नियन्त्रण अभियानमा सहयोग पुग्ने देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



