बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्स रोगको जटिल शल्यक्रिया

काठमाडौँ, २ असोज । बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्स रोगको जटिल शल्यक्रिया भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गत २८ भदौमा उनको शल्यक्रिया गरिएको हो ।

अस्पतालका अनुसार कलाकार श्रेष्ठको टाउकोको दाँया भागको ग्लोबस पालिडस भन्ने स्थानमा डिप ब्रेन स्टेमुलेसन नामक शल्यक्रिया गरिएको हो ।

नेपालको कलाकारितामा उत्कृष्ठ स्थान बनाएका श्रेष्ठलाई विगत ९ बर्ष देखि पार्किन्सन्स रोगको लक्षण देखा परेको थियो । चार बर्ष अघि मात्रै उनको टाउकोको दाँया पट्टी बढी लक्ष्ँण देखिएपछि बायाँ भागमा जीपीआई डीप ब्रेन स्टेमुलेसन गरिएको थियो ।

त्यसो त अन्नपूर्ण न्युरोमा डीप ब्रेन स्टेमुलेसनको शल्यक्रियाको शुभारम्भ नै कलाकार श्रेष्ठको शल्यक्रियाबाट भएको थियो । अस्पतालले त्यसपछि आफूकहाँ त्यस्ता केशको शल्यक्रिया नियमित रुपमा भएको जनाएको छ ।

शल्यक्रिया पछि कलाकार श्रेष्ठको अवस्था राम्रो भएको अस्पतालले जनाएको छ । उनलाई देब्र्रे पट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *