पर्वत : स्वास्थ्य केन्द्रमा ‘एक्स-रे’ सेवा शुरु

पर्वत, १ असोज । यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुभारम्भ गरे ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्सरे मेशिन उपलब्ध गराएको हो भने कुस्मा नगरपालिका–१२ ठूलीपोखरी वडा कार्यालय र कुस्मा नगरपालिकाले विनियोजन गरेको रु पाँच लाखको लागतमा एक्सरे कोठा, सामग्रीसमेतको व्यवस्था गरिएको छ ।

एक्सरे सुविधा थपिएपछि सामान्य चोटपटक लाग्दा र सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा विवेक भण्डारीले बताए ।

कार्यक्रममा नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्र रहेका सवै स्वास्थ्य संस्थालाई प्रभावकारी उपचार सेवा प्रदान गर्नका लागि नगरपालिकाले विशेष कार्ययोजना अघि सार्ने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *