योगमाया आयुर्वेद विश्वविद्यालय ‘अरुण उपत्यका क्षेत्रमा’

168
Shares

भोजपुर, ३१ भदौ । योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा नै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले जानकारी दिए ।

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारी निर्णय भएपनि योगमायाको तपोभूमि र कर्मक्षेत्रभन्दा बाहिर लैजाने हल्ला हुन थालेपछि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले संयुक्तरुपमा केन्द्रलाई दबाब दिने निर्णय गरेका हुन् ।

बैठकमा भोजपुरको तर्फबाट षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, उपप्रमुख मेरिका राई, पूर्वसांसद नरेन्द्र बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो । सङ्खुवासभाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *