चिकित्सक संघको आन्दोलन स्थगित

532
Shares

काठमाडौँ, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले नेपाल चिकित्सक संघको माग अनुसार संशोधन ऐन प्रक्रिया अघि बढिसकेको बताएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १८ गते भएको सहमतिअनुसार संसोधन अघि बढेको प्रेस विज्ञप्ति मार्फत बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ बीच मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद–१९ इलाज सम्बन्धी कसूर लगायतका स्वास्थ्यकर्मीहरुको सुरक्षाका सवालहरु सम्बन्धमा भएको साझा सहमति एवं नेपाल चिकित्सक संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढिसकेको छ’।

संघले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उक्त ऐन संशोधन नहुन्जेलसम्मका लागि दबाबमूलक कार्यक्रमहरु भने यथावत रुपमा संचालन गर्न अनुरोध गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *