दर खाँदा बिरामी भई अस्पताल भर्ना भएका ४७८ जनामध्ये १९० जना डिस्चार्ज
काठमाडौँ, २५ भदौ । काभ्रेको पाँचखालमा तीजको दरखाँदा बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४७८ जना मध्ये १९० डिस्चार्ज भएका छन् । ९४ जना काठमाडौँ रिफर भएका छन् ।
स्थानीय स्वालम्वन सहकारी संस्थो आफ्ना सदस्यहरुलाई तीजको अवसर पारी गत २२ भदौमा सामुहिक दरखाने कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा ५९० जना स्थानीय सहभागी भएका थिए ।
दर खाएको करीब ६ घण्टा पछि सबैजसोलाई बान्ता आउने पेट दुख्ने ज्वरो आउने जस्ता लक्षण देखिएको थियो । सयौँको संख्यामा एकै पटक विरामी भएपछि पाँचखाल क्षेत्रमा कोलाहल मच्चिएको थियो ।
घटना लगत्तै जिल्लाका सबैजसो स्वास्थ्य संस्थामा विरामीकोको उपचार भइरहेको थियो । स्थानीय स्वास्थ्य संस्थामा विभिन्न काभ्रेका विभिन्न अस्पतालबाट खटिएको चिकित्सकको टोलीले शिविर नै सञ्चालन गरेको थियो ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईको अगुवाईमा २३ भदौ देखि नै उपचार व्यवस्थापन गरिएको थियो ।
इकाईका प्रमुख चुडामणी भण्डारीका अनुसार आइतबारसम्म धुलिखेल अस्पतालमा भर्ना भएका १६६ जना मध्ये १०१ जना डिस्चार्ज भएका छन्, शिर मेमोरियल अस्पतालमा भर्ना भएका ७३ मध्ये ७ जना डिस्चार्ज भएका छन् ।
स्तै पाटन एकेडेमी अफ हेल्थ साइन्समा ९ जना भर्ना, बालुवा हेल्थ सेन्टर काभ्रेमा भर्ना भएका ३४ मध्ये ६ जना डिस्चार्ज भएका छन् । यस्तै पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र काभ्रेमा भर्ना भएका ६६ जना मध्ये ५६ डिस्चार्ज भएका छन् । यस्तै पाँचखाल पोलिक्लिनिकमा भर्ना भएका ३२ जना मध्ये २० जना डिस्चार्ज भएका छन् ।
यस्तै बनेमा अस्पतालमा ४ जना भर्ना, हेल्थ क्याम्प, भावना माविमा भर्ना भएका सबैलाई ९२ रिफर गरिएको छ । यस्तै निजामति अस्पताल काठमाडौँमा २ जना भर्ना भएका छन् ।
सम्पर्क इमेल : [email protected]