राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ, २३ भदौ । दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले बताए ।

अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ । छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन् भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा पन्थीले जानकारी दिए ।

अस्पतालमा न्युरोलोजिष्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन, डेन्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोज विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट, न्युरोसर्जन अस्पतालमा छैनन् । यस्तै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल जनरलिष्ट, नवौँ र दशाँै तहको वरिष्ठ नर्सिङ प्रशासक, आठौँ तहको डेण्टल सर्जन, साताँै र आठौँ तहको मेडिकल टेक्नोलोजिष्ट र सातौँ र आठौँ तहको फार्मेसी अधिकृतको दरबन्दीसमेत रिक्त छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढेको उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावकारी सेवा दिन नसकिएको अस्पतालका निमित्तप्रमुख डा पन्थीले बताए । उपक्षेत्रीयतहको अस्पतालले सामान्य उपचारसमेत गर्न सकेको छैन भने आइसियु एनआइसियु प्रविधि कर्मचारीकै अभावका कारण कोठामा थन्काएर राख्नु परेको अस्पतालले बताएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *