स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा मनाङमा स्थापना, अध्यक्ष बने एन लामा

68
Shares

मनाङ, २२ भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा मनाङ गठन गरिएको छ । विहीबार ङावलमा बसेको स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुको भेलाले स्वयंसेवी रक्तदाता मुखिया एन लामाको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको हो ।

सो समितिमा कृष्ण लामा, सोनाम घले, टासी गुरुङ,  नुमनाथ उपाध्याय,  बृषे घले, लोप्साङ्ग गुरुङ, क्ष्युँदा गुरुङ, ताता गुरुङ,  वाङ्गेल घले र भिम तामाङ रहेका छन् ।

कार्यक्रमका अतिथि बन्न पुगेका सतक रक्तदाता एवं समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सहभागीहरले हिमाली भेगको स्थानीय पोशाक बख्खु लगाई दिएर सम्मान गरेका थिए ।

सो अवसरमा अध्यक्ष कर्माचार्यले रक्तदानको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले १८ बर्ष पार गरेपछि रक्तदान गर्न सकिने र रक्तदान गर्दा कुनै शारीरिक असर नपर्ने आफू नै उदाहरण भएको प्रष्ट्याएका थिए ।

तदर्थ समितिका अध्यक्ष लामाले मनाङ्ग जिल्ला पनि स्वयंसेवी रक्तदाताहरूको राष्ट्रिय सञ्चालमा जोडिन पाएको भन्दै खुशी व्यक्त गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *