प्रदेशका स्वास्थ्य कार्यालयमा ४०६ जना खटाउने तयारी गर्दै मन्त्रालय

काठमाडौँ, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्वास्थ्य कार्यालयका लागि ४०६ जना कर्मचारी खटाउने तयारी रहेको छ । नयाँ गठन भएका ३५ वटा प्रदेश स्वास्थ्य कार्यालयमा एक साता भित्र कर्मचारी खटाउने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता मोहमद दाउदले प्रदेश स्वास्थ्य निर्देशनालय पछि अव कर्मचारी व्यवस्थापन गर्ने पालो प्रदेश स्वास्थ्य कार्यालयको भन्दै त्यसको तयारीमा आफूहरु जुटेको बताए । उनले प्रदेश स्वास्थ्य कार्यालयमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य जन स्वास्थ्य कार्यालय क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोरमा यसअघि कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न लागिएको बताए ।

‘७७ वटा जिल्ला स्वास्थ्य जन स्वास्थ्य कार्यालयलाई समेटने गरी दुई वा तीनवटा जिल्ला जोडेर प्रदेश ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना भएको छ । ४०६ जनाको दरबन्दी भएका ती कार्यलयमा कर्मचारी खटाउन बाँकी नै । अहिलेको हाम्रो तयारी त्यसैको हो,’ दाउदले भने ।

मन्त्रालयले २५९ दरबन्दी भएको प्रदेश स्वास्थ्य निर्देशनालयनमा भने आंशिक कर्मचारी खटाएको छ । मन्त्रालयले सात वटै निर्देशनालयमा गरी १२५ जना कर्मचारी खटाएको जनाएको छ । निर्देशनालयमा अझैँ १३४ जना कर्मचारी खटाउन बाँकी नै छ ।

प्रवक्ता दाउदले नयाँ स्थापना भएका कार्यालयमा कर्मचारी व्यवस्थापन भएपछि बाँकी कर्मचारीलाई स्थानीय निकायमा खटाउने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *