बाँके : राप्ती सोनारी गाँउपालिकामा सर्पदंशको उपचार केन्द्र

116
Shares

नेपालगञ्ज, २१ भदौ । बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो ।

सर्पदंशका विरामीको उपचारमा सहजता ल्याउन स्थानीय बासिन्दाले केन्द्रमा रु २० लाखको अक्षयकोष पनि स्थापना गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेहर गणको सक्रियता तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त केन्द्र गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले उदघाटन गर्दै सर्पदंशको उपचारका लागि अब नेपालगञ्ज पुग्नुपर्ने अवस्था अन्त्य भएको बताए ।

तीन शय्याको उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका र त्यस आसपासका क्षेत्रका ५१ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *