जिल्ला अस्पताल रोल्पामा स्तनपान कक्ष स्थापना

रोल्पा, १७ भदौ । जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पु¥याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ ।

जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए । सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो । यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहुँदा सास्ती भोग्दै आएका थिए ।

स्तनपानका लागि निश्चित ठाउँको अभावमा पहिलो बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए ।
सबै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने प्रावधान रहे पनि अधिकांश स्वास्थ्य संस्था स्तनपान कक्षबिहीन रहेको पाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *