नेपालगञ्ज : स्वास्थ्य केन्द्र भवन निर्माण

नेपालगञ्ज, १७ भदौ । नेपालगञ्ज उपमहानगरपालिका– २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत तोयानाथ सुवेदीले स्वास्थ्य केन्द्र भवन निर्माणबाट अत्यावश्यक स्वास्थ्य सेवा सहज हुने बताए ।

नवनिर्मित भवनको उपमहानगरपालिका कार्यवाहक प्रमुख प्रमोद रिजालले वडा कार्यालयलाई हस्तान्तरण गरे ।

उक्त स्वास्थ्य केन्द्रबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्शलगायतका सेवा शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *