जन स्वास्थ्यकर्मीले जन्माए नयाँ संस्था, सरकारी जनस्वास्थ्य संघ,नेपाल गठन

काठमाडौँ, १६ भदौ। सरकारी सेवामा कार्यरत हे ई समूहका जनस्वास्थ्यकर्मीहरुको भेलाले सरकारी जनस्वास्थ्य संघ नेपाल भन्ने संस्था स्थापना गरेको छ ।

राजधानीमा आज सम्पन्न भेलाले दीपक झाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिको उपाध्यक्षमा प्रदेश नं १ मा बृजकुमार दाश, प्रदेश नं २ मा गौरब ढकाल, प्रदेश नम्बर ३ मा नन्दराज अवस्थी र गण्डकी प्रदेशमा रमेश बाह्रकोटीलाई चयन गरेको छ । यस्तै प्रदेश नं ५ बाट उपाध्यक्षमा विशाल सुवेदी, कर्णाली प्रदेशबाट चेतन निधि वाग्ले र प्रदेश नं ७ बाट दयाकृष्ण पन्त चयन भएका छन् ।

भेलाले समितिको सचिवको जिम्मेवारी अमर दवाडी, कोषाध्यक्ष अनिल केसी, सहसचिव रामबहादुर नेपालीलाई दिएको छ ।

यस्तै सदस्यहरुमा उपेन्द्र ढुंगाना, केशव चापागाईँ, बसुन्धरा शर्मा, दीपक अधिकारी, अंगतबहादुर शाही र शिवराज सुनार चयन भएका छन् ।

नेपालको विद्यमान स्वास्थ्य समस्याको निराकणको लागि प्रतिकारात्मक, प्रवर्धनात्मक,उपचारात्मक, पुर्नस्थापनान्तमक, रोग रोकथाम तथा नियन्त्रण लगायतका विषयलाई नियन्त्रण गर्न जनस्वास्थ्यकर्मीहरु एक हुनुपर्ने र त्यसका लागि नै संस्थाको स्थापना गरिएको सचिव अमर दवाडीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *