बिमस्टेकमा भाग लिन आएका थाई प्रतिनिधिको सोल्टीमै उपचार
काठमाडौँ, १५ भदौ । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका एक जना विदेशी पाहुनाको सोल्टी होटलमा रहेको ‘फिल्ड अस्पताल’मा आकस्मिक उपचार भएको छ ।
विमस्टेकका लागि थाइल्याण्डबाट आएका प्रतिनिधि विहान एक्कासी विरामी परेपछि त्यहि रहेको फिल्ड अस्पतालमा उपचार भएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार विहान एक्कासी रिगांटा लागेपछि सुरक्षा अधिकारीहरुले नजिकै रहेको फिल्ड अस्पतालमा पुरयाएको थियो । उनलाई बीर अस्पताल र नेपाली सेनाको अस्पतालबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो ।
‘त्यहाँ डा प्रदीप वैद्यको नेतृत्वमा चिकित्सक टोली खटिएको थियो । सोही टोलीले उपचार गरेको थियो । सामान्य केश भएकोले त्यहिको उपचारले भेट्यो बाहिर रिफर गर्न परेन,’ टोलीमा खटिएका एक जना चिकित्सकले बताए ।
उपचार गरिएका प्रतिनिधिको नाम गोप्य राखिएको छ ।